Information is intelligence
HomeEconomyअस्पताल बनाउन चार करोड निकासा

अस्पताल बनाउन चार करोड निकासा

- Advertisement -spot_img

अर्थ मन्त्रालयले बागलुङ जिल्लाका ५ पालिकामा अस्पताल निर्माण गर्नका लागि ४ करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको हो ।

जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका ५ स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल निर्माण गर्नका लागि रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

जिल्लाका ५ स्थानीय तहमा ५, १० र १५ शय्याको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्यांक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्ड समेत विनियोजन भएको छ ।

जिल्लाको बडिगाडमा १५ शय्याको अस्पताल बनाउन ग्वालिचौर स्वास्थ्य चौकीलाई १ करोड, बरेङको हुग्दीशिर स्वास्थ्य चौकीमा १० शय्याको अस्पताल बनाउन ८५ लाख रुपैयाँ, ताराखोलाको अर्गल स्वास्थ्य चौकीलाई ५ शय्याको अस्पताल बनाउन ७० लाख,  निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउन ८५ लाख र तमानखोलाको तमानगाउँ स्वास्थ्य चौकीमा ५ शय्याको अस्पताल बनाउन ७० लाख रुपैयाँ विनियोजन भएर निकासा भएको छ ।

अस्पताल निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापन तथा सहजीकरण गर्नुपर्नेछ भने प्रदेश सरकारले योजना कार्यान्वयनका लागि सहजीकरण गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखामा प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु