Information is intelligence
HomeHealthकोरोना परीक्षण र उपचारको खर्च असुल्न पाउनुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालतमा

कोरोना परीक्षण र उपचारको खर्च असुल्न पाउनुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालतमा

- Advertisement -spot_img

काठमाण्डाै – कोरोना परीक्षण गर्दा शुल्क असुल्नुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दर्ता गराएको छ ।

कोरोना परीक्षण नि:शुल्क गर्न भनेर दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिएका हुन् ।

मन्त्रालयले राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने र कोरोना सङ्क्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेकोसमेत दाबी गरेको छ । यसअघि सर्वोच्चले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस सङ्क्रमण परीक्षण नि:शुल्क गर्न परमादेश जारी गरेको थियो । त्यसका लागि अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले रिट दायर गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु