Information is intelligence
HomeSportsप्रिमियर लिगमा लेस्टर सिटी र फुल्हमको जित

प्रिमियर लिगमा लेस्टर सिटी र फुल्हमको जित

- Advertisement -spot_img

ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ ।सोमबार राति घरेलु टोली लिड्समाथि लेस्टरले ४–१ गोल अन्तरको जित निकालेको हो ।

लेस्टरको जितमा यूरी टाइलेमेनले दुई तथा जेमी भार्डी र हार्वे बार्न्सले एक–एक गोल गरे ।

जित सहित लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेलमा जित निकाल्दै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको १६ अंक छ । लिड्स १० अंक सहित १२ औं स्थानमा छ ।

अर्को खेलमा फुल्हमले प्रिमियर लिगमा पहिलो जित निकाल्यो । उसले घरेलु मैदानमा वेस्ट ब्रोमलाई २–० ले पराजित गर्यो । फुल्हमको जितमा बाबी डेकोर्डोवा रिड र ओला आइनाले एक एक गोल गरे ।

पहिलो जित निकाल्दै फुल्हम ४ अंक सहित रेलिगेशन क्षेत्र भन्दा माथि उठ्यो । वेस्ट ब्रोम ३ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु