Information is intelligence
HomeCulture & Religionकैलालीमा हिन्दु जागरणद्वारा सहभोज तथा गीता वितरण

कैलालीमा हिन्दु जागरणद्वारा सहभोज तथा गीता वितरण

- Advertisement -spot_img

हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महा अभियान जातीय विभेदको अन्त्यको निमित्त हिन्दु जागरण नेपालको आयोजनामा सहभोज गीता ज्ञान तथा गीता वितरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ । हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीको आयोजनामा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ राधाकृष्ण मन्दिर बुटकुवामा भएको हो ।

हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका अध्यक्ष श्याम भट्ट शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कर्ण सुनार रहेका थिए । उमा आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन हिन्दु जागरण नेपाल कैलालीका उपाध्यक्ष पुष्कर सुनारले गरेका थिए । उद्वघाटनमा वैदिक राष्ट्रिय गानको स्लोकद्वारा हिन्दु जागरण नेपाल सुदुरपश्चिमका अध्यक्ष पुर्ण प्रसाद उपाध्यायले कार्यक्रममा प्रस्तुत गरेर उद्वघाटन गरिएको थियो ।        

कार्यक्रममा बोल्ने वक्ताहरूले हिन्दु धर्ममा कुनै विभेद नभएको र विभेदको भ्रम फैलाएर गलत रुपमा प्रचारप्रसार गरिएको यसलाई चिर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए । संसारको सबैभन्दा उत्कृष्ट धर्म हिन्दु नै भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । पछिल्लो समयमा हिन्दु धर्ममा युवाहरूको आकर्षण बढिरहेको छ । साथै हिन्दु जागरण नेपालका संस्थापक सदस्यता लिएकाहरूलाई सम्मान पत्र र दोसोल्लाले सम्मान गरिएको थियो ।        

सहभोज कार्यक्रममा सबै एकै ठाउँमा रहेर कुनै विभेद बिना भोजन गरिएको थियो । कार्यक्रम सयौंको संख्यामा उपस्थिति रहेको थियो धार्मिक ज्ञानको गीता समेत सबैलाई वितरण गरिएको थियो । पछिल्लो समयमा सनातन धर्मको रक्षाका लागि हिन्दु जागरण नेपाल कैलालीले सक्रियताका साथ धार्मिक जागरण तथा प्रशिक्षण जस्ता कार्यक्रम गरेर चेतनामुलक  कार्यक्रम गरिरहेको हुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु