Information is intelligence
HomeNewsआजदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू हुने

आजदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू हुने

- Advertisement -spot_img

काठमाडौं । प्रदेश सरकार बाग्मती यातायात व्यवस्थापन कार्यालयले आज मंगलबारदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू गर्ने भएको छ ।

बाग्मती प्रदेश प्रमुख कार्याल सतुङगलले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदा सम्म अनिश्चितकालका लागि कार्यालबाट प्रवाह हुने मोटरसाइकलको ब्लूबुक नवीकरण सेवामा जोरविजोर प्रणाली लागू हुने जनाएको हो ।

कार्यालयकाअनुसार मंगलबारदेखि जोर दिन जोर नम्बर प्लेट भएका र विजोर दिन विजोर नम्बर प्लेट भएका मोटरसाइकलहरुको मात्र ब्लूबुक नविकरण हुनेछ ।

तथापि सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणमा जोरबिजोर प्रणाली लागू गरेपनि सवारी साधनको नामसारी भने दैनिक ६० वटा मात्र हुने कार्यालयले जनाएको छ ।

ब्लूबुक नवीकरण नामसारी लगायका सेवाका लागि कूल ६ वटा फाँट रहेको कार्यालयले प्रत्येक फाँटबाट १०÷१० वटाका दरले दैनिक ६० वटा टोकन वितरण गर्ने र सोही टोकनका आधारमा सेवा प्रवाह गर्ने बताएको हो ।

यद्यपि, कार्यालयबाट प्रवाह हुने ब्लूबुकको प्रतिलिपि, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेजी, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु भने नियमित रुपमा नै सञ्चालन हुने कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु