Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा आज रियल मड्रिड र इन्टर मिलान भिड्दै

च्याम्पियन्स लिगमा आज रियल मड्रिड र इन्टर मिलान भिड्दै

- Advertisement -spot_img

युइएफए च्याम्पियन्स लिग २०२०/२१ को समूह चरण अन्तर्गत तेस्रो चरणको खेलमा आज स्पेनिस टीम रियल मड्रिड र इटालियन टीम इन्टर मिलान बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

रियलको घरेलु मैदान इस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा हुने यस् खेल नेपाली समय अनुसार रातीको १:४५ बजेबाट सुरु हुनेछ।

यस् सिजनको च्याम्पियन्स लिगमा रियलले दुई खेलबाट एकमा हार र एकमा बराबरी खेल्दै एक अंक बटुलेको छ। रियल तालिकाको चौथो (अन्तिम) स्थानमा रहेको छ।

यता इन्टर भने समान दुई खेलबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ। दुबै टोली आज यस् सिजनको च्याम्पियन्स लिगको पहिलो जित निकाल्ने लक्षसहित मैदान प्रवेश गर्नेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु