Information is intelligence
HomeNewsसिमकोटमा ट्राफिक नियम लागू

सिमकोटमा ट्राफिक नियम लागू

- Advertisement -spot_img

सिमकोट | उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो ।

लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ । सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिक कार्यालयले आफ्नो चेकपोष्टको बोर्ड राखेको छ ।

अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमा आफ्नो चेकपोष्ट राखिएको हो । सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ । यसले गर्दा दुर्घटनादेखि लिएर मनपरी ढङ्गले यात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ ।

यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरी तवरमा यात्रु चढाउने र ओराल्ने काम गरिरहेका थिए । अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले यात्रुबाट भाडादर महँगो लिने गरेका थिए । सिमकोट–खार्पु एक जना व्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेमा यात्रुलाई रु २५० लिने गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु