Information is intelligence
HomeEntertainment & Artsमास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ :मदनकृष्ण श्रेष्ठ

मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ :मदनकृष्ण श्रेष्ठ

- Advertisement -spot_img

काठमाडौं | बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मास्कले धेरै हदैसम्म कोरोनाबाट बचाउँन मद्दत पुर्‍याउने बताएका छन् । श्रेष्ठले मास्कले धेरै हदसम्म कोभिड–१९ (कोरोना) बाट बचाउन मद्दत पुर्याउने आफ्नो अनुभव सेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत स्टेटस लेख्दैं अनिवार्यरूपमा मास्क लगाउन सबैमा अनुरोध गरेका छन् । कलाकार हरिवंश आचार्य कोरोना संक्रमणमुक्त भएपछि दुवै जनाले पहिलो पटक भेटघाट समेत गरेका छन् ।

उनले कोरोना महामारीबाट बच्न सबैले विशेष ध्यान दिनुपर्ने बताएका छन् । अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतको सावधानी अपनाउन उनले सबैमा अनुरोध गरेका हुन् ।

श्रेष्ठले लेखेका छन्–

हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्का सम्म पनि नहुनु स्वाभाबिकै थियो । हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं । भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त …! ? भन्दा त लौ मार्यो …एक छिन त म पनि झसंग भए। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ।तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें ।एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो । कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं । त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु