Information is intelligence
HomePoliticsपार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको  छ ।  ।

बैठकले १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं। ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु