Information is intelligence
HomeNewsभारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

- Advertisement -spot_img

भारतीय सेनाध्यक्ष एमएम नरवणेको नेपाल भ्रमण हुनुभन्दा एक दिनअघि नेपाली सेनाले नेपाल र भारतीय सेनाको सम्बन्धबारे एउटा भिडियो सार्वजनिक गरेको छ।

सो भिडियोमा मुख्यतः नेपाल र भारतले एक अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे प्रस्तुति रहेको छ।

सो प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे नेपालका पूर्व प्रधानसेनापतिहरुका भनाइहरु समेटिएको छ।

भिडियाेमा उनीहरुले दुई देशका राष्ट्रिय सेनाकाे सम्बन्ध विश्वमैं कसरी विशिष्ट छ भनी ब्याख्या गरेका छन्।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुग्ने भएका छन्। भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु