Information is intelligence
HomeSportsच्याम्पियन्स लिग : रियललाई सिजनको पहिलो जित

च्याम्पियन्स लिग : रियललाई सिजनको पहिलो जित

- Advertisement -spot_img

रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो ।

रियलको जितका लागि करिम बेञ्जेमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। भने पाहुना टिमका लागि लाउतारो मार्टिनेज र इभान पेरिसिचले गोल गरे।

खेलको २५ औं मिनेटमा बेञ्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै, ३३ औं मिनेटमा टोनी क्रुसको पासमा सर्जियो रामोसले गोल गरे।

रामोसको गोलको ३ मिनेट नवित्दै इन्टरका मार्टिनेजले गोल गर्दै खेलमा फर्कन चाहे। तर पहिलो हाफ सकिँदा इन्टर एक गोलले पछि पर्यो।

दोस्रो हाफको ६८ औं मिनेटमा पेरिसिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ८० औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले निर्णायक गोल गर्दै रियललाई जिताए।

संघर्षपूर्ण जितसहित रियलले च्याम्पियनस लिगमा पहिलो जित निकालेको छ। जितसहित ४ अंक बनाएको रियल समूह बी को तेस्रो स्थानमा छ भने इन्टर मिलान ४ अंकका साथ पुछारमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु