Information is intelligence
HomeInternationalअमेरिकी राष्ट्रपति चुनाव 2020 | ट्रम्प–बाइडेनः को कहाँ अघि ?

अमेरिकी राष्ट्रपति चुनाव 2020 | ट्रम्प–बाइडेनः को कहाँ अघि ?

- Advertisement -spot_img

शताब्दीकै धेरै मत खसेको ठानिएको अमेरिकी राष्ट्रपतीय चुनाव सकिएसँगै मतगणना शुरू भएको छ।

बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

प्राप्त प्रारम्भिक नतिजामा पनि उनीहरूबीच कडा प्रतिस्पर्धा देखा परेको छ।

अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान जताइँदै छ ।

यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ ।

कडा टक्कर

परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए।”

फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ।

सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ।

ट्रम्पको कदमबारे चिन्ता

दुई लाख ३० हजार व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग अमेरिका अझै जुझिरहेको छ भने उसको अर्थतन्त्र पनि प्रभावित भएको छ।

जातिवाद र प्रहरी दमनविरुद्ध कैयौँ महिनासम्म चलेका प्रदर्शनले मुलुक प्रभावित भएको थियो।

चुनावपछि हुन सक्ने हिंसाको आशङ्कामा देशभरि पसल तथा व्यापार-व्यवसाय बन्द भएका छन्।

चुनावी नतिजा आफ्नो पक्षमा नआए राष्ट्रपति ट्रम्पले त्यसलाई स्वीकार्ने वा नस्वीकार्ने भन्ने कुरालाई लिएर धेरैमा चिन्ता छ।

नतिजा विवादित भए कानूनी हस्तक्षेपका लागि दुवै पक्षले वकिल तम्तयार अवस्थामा राखेका छन्।

ध्यान माथिल्लो सदनमा पनि

अमेरिकीहरूले कङ्ग्रेसका नयाँ सदस्य र ११ राज्यमा गर्भनर पनि चयन गर्दैछन्। सबैको ध्यान माथिल्लो सदन सिनेटमा केन्द्रित छ।

रिपब्लिकनहरूको ६ वर्षदेखिको बहुमतलाई अन्त्य गर्दै डेमोक्र्याटहरूले सिनेटमा वर्चस्व कायम गर्ने जनमत सर्वेक्षणहरूले देखाएका छन्।

यदि त्यस्तो भयो भने बाइडनले जितेमा कार्यक्रमहरू ल्याउन उनलाई सहज हुनेछ भने ट्रम्प दोस्रो कार्यकालका लागि जितेमा उनका योजना रोक्न सकिनेछ।

संसद्‌को तल्लो सदन हाउस अफ रेप्रजेन्टेटिभ्समा डेमोक्र्याटिक पार्टीकै नियन्त्रण रहने देखिएको छ।

कूल ५० मध्ये १८ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेद्वारा वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ८९ र रिपब्लिकन उम्मेद्वार ट्रम्पको पक्षका ७२ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजका प्रतिनिधिको आवश्यकता पर्छ ।

–बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु