Information is intelligence
HomeSportsमुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा, कोलकाता निरास

मुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा, कोलकाता निरास

- Advertisement -spot_img

सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । जितसँगै हैदराबाद तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।

हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।

कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ । नेट रन रेटमा बैंगलोर भन्दा पछि परेपछि कोलकाता बाहिरिएको हो । अन्तिम खेलमा हैदराबादसँग पराजित भएपनि मुम्बई शीर्ष स्थानमा रह्यो ।

मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।

पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ ।क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ ।

दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु