Information is intelligence
HomeSportsफुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना

फुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना

- Advertisement -spot_img

ब्युनर्स आयर्स । अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । असहज महसुस भएपछि उनी ला प्लाटाको अस्पताल इपेन्सामा भर्ना गरिएको हो ।

म्याराडोनाले केही दिनअघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोबरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । यद्यपि उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए । ईएसपीएनका अनुसार म्याराडोना राम्रो देखिँदैनथ्यो र केही हदसम्म उदासीन भएको थियो । सोही कारण पनि उनी अस्पताल भर्ना हुन पुगेका हुन् ।

म्याराडोनाको निजी चिकित्सक डाक्टर लियोपोल्डो लुकले उनको अवस्था गम्भीर नरहेको र उनको स्वास्थ्यबारे तत्कालै जानकारी दिने उल्लेख गरिएको छ । आफ्नो ६०औं जन्मदिनको अवसरमा अस्वाभाविक खानपिनका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने आँकलन गरिएको छ । – एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु