Information is intelligence
HomeSportsरोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने

रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने

- Advertisement -spot_img

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका  सदस्य रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । प्रशिक्षणको क्रममा चोट बोकेपछि उनले बंगलादेशको भ्रमण गुमाउने भएका हुन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेललाई नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले चोट बोकेको कारण रोहितले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने जानकारी दिएका हुन् । योसँगै ८ खेलाडीले बंगलादेश भ्रमण नगर्ने भएका छन् । अन्य ७ खेलाडी भने कोरोना संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा रहेका छन् ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु