Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित

च्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित

- Advertisement -spot_img

च्याम्पियन्स लिगमा बायर्न म्युनिकको अपराजित यात्रा कायम गर्दै समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।बायर्नले साल्जवर्गलाई ६–२ को अन्तरले गोलले जितेको हो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, साने र लुकास हर्नान्डेजले गोल गरेका थिएभने एक गोल आत्मघाती गरेका थिए भने घरेलु टोलीका मेर्गिम बेरिसा र मासाया ओकुगावाले गोल फर्काए र ५-२ को फराकिलो जित निकालेको थीयो ।

लगातार तेस्रो जितसँगै बायर्न ९ अंक जोडेर शीर्षस्थानमारहेको छ । ४ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लोकोमोटिभको २ तथा साल्जवर्गको १ अंक रहेको छ ।

तेस्तै , समूह चरण अन्तर्गत समूह ‘डि’ मा रहेको सिटिले गय राती सम्पन्न खेलमा ग्रिक क्लब ओलम्पियाकोस माथि ३-० गोलको जित हात पारेको हो।

घरेलु रंगशाला, एथिहाडमा सम्पन्न खेलमा फेरान टोरेसले पहिलो गोल गरेभने खेलको ८१अौं मिनेटमा डि ब्रुइनेको डि ब्रुइनेको दोस्रो एसिस्टमा ग्याब्रियल जिसुसले गोल गर्दै  २-० को आग्रता दिएका  थीए भने निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा जाओ कान्सेलोले गोल गर्दै सिटिलाई ३-० गोलको जित सुनिश्चित गरे।

सम्पूर्ण तीन खेलमा  जित निकाल्दै ९ अंक बटुलेको छ। सिटि तालिकाको शिर्ष स्थानमा रहेको छ।यता समान ३ खेल खेल्दै ३ अंक बटुलेको ओलम्पियाकोस तालिकाको तेस्रो स्थानमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु