Information is intelligence
HomePoliticsभारतीय सेना प्रमुख नरवणे काठमाडौंमा

भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा

- Advertisement -spot_img

काठमाडौं | भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि बुधबार उनी काठमाडौं आइपुगेका हुन्।

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवाणेको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने नरवाणे १८औँ सेनापति हुन्।

नरावणे सोल्टी होटलमा बस्नेछन् । आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु