Information is intelligence
HomeInternationalचोरीको प्रयास गरेको ट्रम्पको आरोप, ट्वीटलाई ट्वीटरले लगायो 'भ्रमपूर्ण'को ट्याग

चोरीको प्रयास गरेको ट्रम्पको आरोप, ट्वीटलाई ट्वीटरले लगायो ‘भ्रमपूर्ण’को ट्याग

- Advertisement -spot_img

अमेरकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले मतगणनाका बिच ट्वीटरमा आफ्नो प्रतिद्वन्द्वीमाथि चाेरीकाे आरोप लगाएका छन् ।

बुधवार बिहान ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति ट्विट गरे। जसलाई ट्वीटरले ‘विवादास्पद’ ट्याग लगाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक घण्टा अगाडि मात्र गरेको ट्वीटलाई ट्वीटरले ‘ट्वीट विवादास्पद तथा निर्वाचन अथवा नागरिक प्रक्रियाका बारेमा भ्रम छर्न सक्ने’ भन्दै ट्याग लगाइदिएको हो।

ट्रम्पले ‘आफूहरुले निर्वाचन जितिरहेको र उनीहरुले निर्वाचन चोर्ने प्रयास गरिरहेको ट्वीट गरेका छन्।

ट्रम्पले लेखेका छन्- ‘हामी अगाडी छाैँ तर उनी चुनाव परिणाम हामीबाट चाेर्न चाहन्छन् । हामी यसाे हुन दिँदैनाैँ । चुनाव सकिएपछि भाेट हाल्न सकिँदैन ।’

उता अर्का प्रतिस्पर्धी जाे बाइडेनले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । उनी भन्छन् – ‘हामीले जित्छौँ भन्ने मलाई लागिरहेको छ । तपाईँको धैर्य सराहनीय छ । नतिजा आउन समय लाग्नेछ । म  या ट्म्प याे घाेषित गर्न सक्दैनाैँ कि कसले जित्छ ! याे त अमेरिकी जनताले तय गर्नेछन् ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु