Information is intelligence
HomeSportsनेयमारविनाको पीएसजी लाइप्जिगसँग खेल्दै

नेयमारविनाको पीएसजी लाइप्जिगसँग खेल्दै

- Advertisement -spot_img

च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइप्जिगको सामना गर्दैछ ।

खेल रेडबुल एरिना लाइप्जिग जर्मनीमा राति १ः४५ बजे हुनेछ । दुई खेलमा १ जित र १ हारको नजितासहित दोस्रो स्थानमा रहेको पीएसजी घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप मजबुत बनाउने लक्ष्यमा हुनेछ ।

तर, टोलीसँग मुख्य खेलाडी नेयमार जुनियर हुनेछैन । नेयमार चोटका कारण टोली बाहिर रहेका छन् । नेयमारले इस्तानबुल बेसाकसेहिरमाथि २–० को जित निकालेको खेलको २६औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

यता, घरेलु टोली लाइप्जिग म्यानचेस्टर युनाइटेडसँगको ५–० को हारको पीडालाई भुल्दै पीएसजीविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यही समूह ‘एच’ को अर्काे खेलमा राति ११ः४० बजे इस्तानबुल बेसाकसेहिरविरुद्ध म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । समूहमा युनाइटेड ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ३ अंक भएपनि पीएसजी दोस्रो तथा लाइप्जिग तेस्रो स्थानमा रहेको छ । इस्तानबुल पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु