Information is intelligence
HomeHealthवीर अस्पतालका १६ डाक्टरहरुले दिए सामुहिक राजीनामा

वीर अस्पतालका १६ डाक्टरहरुले दिए सामुहिक राजीनामा

- Advertisement -spot_img

काठमाडौं। मुलुककाे जेठाे वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।  उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।

उनीहरुले निरन्तररुपमा माग प्रशासन समक्ष राख्दा पनि सुनुवाई नभएको, ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिएको, तलव कट्टा गरेर दिएको र उपयुक्त स्रोत सामग्रीहरु उपलब्ध नगराएकोले राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।

पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

उनीहरुले अस्पताल प्रशासनले गरेको व्यवहारबाट कोभिड–१९ सँग लड्ने मनोबलमा पनि गिरावट आएको उल्लेख पत्रमा गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु