Information is intelligence
HomeNewsसगरमाथाको दृश्य अवलोकन गर्नका लागि नरवणे सोलुखुम्बु जाँदै

सगरमाथाको दृश्य अवलोकन गर्नका लागि नरवणे सोलुखुम्बु जाँदै

- Advertisement -spot_img

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु जाने भएका छन् ।  शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ ।  समुन्द्री सतहबाट ८ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा सो होटेल जापानी नागरिकले बनाएका हुन् । होटेलबाट सगरमाथाको दृश्य नजिक र रोम्रो संग अबलोकन गर्ने मिल्ने भएकाले सो होटेलमा जाने बएका हुन् । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

‘मौसमले साथ दिए उहाँ सोलुखुम्बु जानुुहुन्छ, तर कार्यक्रम निश्चित भैसकेको छैन्’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने–‘मौसम अनुकुल भएका उहाँको एक प्रकारको माउन्टेन फ्लाईट जस्तो अनौपचारिक भ्रमण हुन्छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु