Information is intelligence
HomeSportsसमूह 'जी' को खेलमा बार्सिलोना र युभेन्ट्सको जित

समूह ‘जी’ को खेलमा बार्सिलोना र युभेन्ट्सको जित

- Advertisement -spot_img

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । युभेन्ट्सले  दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै समूह ‘जी’ को बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।

बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत रहेको छ । ३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।

युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु