Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान

- Advertisement -spot_img

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका छन् ।

२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेका छन् । टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन् । चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन् ।

एन्फाले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो ।

नेपाली टोली

भरत खवास, अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु