Information is intelligence
HomeNewsचितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

- Advertisement -spot_img

चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् ।

अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम छन् । पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन् । नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु