Information is intelligence
HomeSportsयुरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित

युरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित

- Advertisement -spot_img

युरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित भएको छ ।

इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।

समूह ‘बी’ मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ ।मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तैप्रिमियर लिग क्लब लेष्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।

जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘जी’ को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा रहेको छ । क्लब ब्रागा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

टोटेनहमले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै टोटेनहम समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो जित निकालेको टोटेनहमले ३ खेलमा ६ अंक जोडेको छ ।

अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।

यता इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।

जितसँगै समूह ‘एच’ को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ ।मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४-१ ले हराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु