Information is intelligence
HomeHealthकोरोना संक्रमित शाहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

कोरोना संक्रमित शाहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

- Advertisement -spot_img

काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) बाट संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले मन्त्री शाहलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइने तयारी भएको पुष्टि गरे ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको मन्त्री शाहको सेती प्रादेशिक अस्पतालको कोरोना स्थायी अस्पतालमा उपचार भइरहेपनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार हेलिकोप्टर व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ । नाकबाट रगत बग्न थालेपछि मन्त्री जोशीलाई बिहीबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु