Information is intelligence
HomeSportsआज प्लेअफअन्तर्गत एलिमिनेटर खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स भिड्दै

आज प्लेअफअन्तर्गत एलिमिनेटर खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स भिड्दै

- Advertisement -spot_img

२१ कात्तिक काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ । जसमा लिग चरणमा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदरावाद र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

हैदरावाद र बैंगलोरबीचको खेल अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

यस खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली बाहिरिने छ ।

लिग चरणमा उतारचढावपूर्ण प्रदर्शन गरेको हैदरावाद र बैंगलोरले समान ७ खेल जित्दा ७ खेलमा पराजित भएको थियो । लिगमा उत्कृष्ट सुरुवात गरेपनि बैंगलोरले पछिल्ला खेलहरुमा संघर्ष गरेको थियो । अर्कोतर्फ हैदरावादले भने अन्तिम ३ खेलमा शीर्ष टिमहरु बैंगलोर दिल्ली र मुम्बईलाई पराजित गरेको थियो ।

लिगको अन्तिम खेलमा मुम्बईलाई हराउनैपर्ने खेलमा हैदरावादले १० विकेटको जित हात पारेको थियो । हैदरावादले लिगको पछिल्लो ५ मध्ये ४ खेल जितेको थियो । उता बैंगलोरले भने लिगको पछिल्लो चार खेलमा हार बेहोरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु