Information is intelligence
HomePoliticsप्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई

प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई

- Advertisement -spot_img

काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

पार्टीभित्र विवाद बढिरहेका बेला ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका हुन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु