Information is intelligence
HomeInternationalट्रम्पले चुनाव हारेमा उनको ट्वीटर अकाउन्ट पनि सदाका लागी हट्नसक्छ

ट्रम्पले चुनाव हारेमा उनको ट्वीटर अकाउन्ट पनि सदाका लागी हट्नसक्छ

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् ।

उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् ।

उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गरेका हुन् ।

राष्ट्रपती ट्रम्पले व्यक्त गरेका तर्कहरु र उनले लगाएका आरोपहरु यथार्थ नभएको भन्दै ट्वीटरले उनका पोस्ट नदेखिने बनाएको हो। ट्वीटरको निती अनुसार गलत वा भ्रामक जानकारी जो कोहीले राखेमा अकाउन्ट निशेध वा हट्ने सम्मको प्रावधान रहेको छ।

यद्यपी ट्रम्प तत्कालिन राष्ट्रपती रहेका कारण उनलाई ‘विश्वका नेता/वोर्ल्ड लिडरस्’ सम्बन्धी विशेषाधिकार प्रदान गरिएको छ।

उनले पछील्लो साता देखी निरन्तर रूपमा ट्वीटरको ‘सार्वजनिक चासो’ सम्बन्धी निती भङ्ग गर्दै आएकाछन्, जसलाई ट्वीटरले ‘गलत जानकारी’ को चिन्ह लगाएर यतिकै हेर्न नमिल्ने बनाइदिन्थ्यो।

तर यदी उनले राष्ट्रपती चुनाव हारेमा, लगत्तै उनको विश्वका नेताले प्राप्त गर्ने विशेषाधिकार हट्ने छ र उनले प्रसारण गर्ने भ्रामक जानकारीका कारण उनको ट्वीटर अकाउन्ट सदाका लागि हट्न पनि सक्ने ट्वीटरको नितीले बताउँछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु