Information is intelligence
HomeInternationalपेन्सिलभानियामा पनि बाइडनले लिए अग्रता

पेन्सिलभानियामा पनि बाइडनले लिए अग्रता

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडनले अन्ततः पेन्सिलभानियामा पनि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पछाडी पारेकाछन् ।

२६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् ।

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन् ।

यसअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले यी दुई राज्यमा अग्रता लिइरहेका थिए ।

२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ ।

इडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् ।

१६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु