Information is intelligence
HomePoliticsनेकपा सचिवालय बैठक बोलाउन बहुमत सदस्यकाे लिखित आग्रह, ओलीले दिएनन् निर्णय

नेकपा सचिवालय बैठक बोलाउन बहुमत सदस्यकाे लिखित आग्रह, ओलीले दिएनन् निर्णय

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले पार्टीमा देखिएको विवाद समाधान गर्न तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छन् ।

आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा केन्द्रीय सचिवालयको बैठक बोलाउन लिखितरूपमा माग गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग लिखित अनुरोध गरेपनि ओलीले भने कुनै निष्कर्श नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘हामीले कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न, स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढन नसकेको स्थितिको समिक्षा तथा पार्टीमा उत्पन्न संकटको बारेमा छलफल गरेर पार्टीको एकताको रक्षा गर्न समयमा नै छलफल आवश्यक छ भन्दै तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छौं ।’ प्रवक्ता श्रेष्ठले भने, ‘तर कमरेड अध्यक्ष केपी शर्मा ओलीले बैठकका बारेमा आज निष्कर्श दिनु भएको छैन ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु