Information is intelligence
HomeSportsहजार्ड र केसिमिरोलाई कोरोना संक्रमण पुष्टि

हजार्ड र केसिमिरोलाई कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

रियल म्याड्रिडका फर्वार्ड इडेन हजार्ड र मिडफिल्डर केसिमिरोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्लबले वेबसाइटमा विज्ञप्ती जारी गर्दै हजार्ड र केसिमिरोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको हो । शनिबार बिहान गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । दुवै खेलाडीले गत मंगलबार च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेल खेलेका थिए ।

कोरोना पुष्टि भएपछि दुवै खेलाडी होम आइसोलेसनमा बसेका छन् ।

टिमको अन्य खेलाडी , प्रशिक्षक र स्टाफहरुको  रिपोर्ट भने नेगेटिभ आएको क्लबले जनाएको छ । यससँगै दुवै खेलाडीले ला लिगा अन्तर्गत आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु