Information is intelligence
HomeSportsमेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित

मेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित

- Advertisement -spot_img

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले बेटिसमाथि ५-२ को सहज जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल तथा एन्टोनी ग्रिजमन, ओसमान डेम्बेले र पेड्रीले समान १ गोल गरे। उता बेटिसका लागि एन्टोनियो सनाब्रिया र लोरेन्जो गार्सियाले समान १/१ गोल गरे।

खेलको २२ औं मिनेटमा ग्रिजमनको पासममा गोल गर्दै डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा ग्रिजमन चुकेका थिए। उता पहिलो हाफको अतिरिक्त समयमा सनब्रियाले गोल फर्काउँदै बेटिसलाई बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा ग्रिनमनले बार्सिलोनालाई अघि बढाए। उनले खेलको ४९ मिनेटमा गोल गरेका थिए। त्यस्तै ६० औं मिनेटमा बेटिसका एइसा मण्डी रातो कार्ड खाँदै बाहिरिए। बार्सिलोनाले पेनाल्टीको अवसर पनि पायो। जसमा लियोनल मेस्सीले सदुपयोग गर्दै गोल गरे। उता बेटिसका लागि ७३ औं मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि बार्सिलोनाका लागि मेस्सीले फेरि गोल गर्दै उनको बार्सिलोनाको गोलअन्तर थप बढाए। मेस्सीले खेलको ८२ औं मिनेटमा गोल गर्दा युवा खेलाडी पेड्रीले ९० औं मिनेटमा गोल गरे। र, बार्सिलोना ५-२ को फराकिलो अन्तरले विजयी भयो।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु