Information is intelligence
HomeSportsप्रिमियर लिगमा युनाईटेड, क्रिस्टल प्यालेस र चेल्सीको सहज जित

प्रिमियर लिगमा युनाईटेड, क्रिस्टल प्यालेस र चेल्सीको सहज जित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, क्रिस्टल प्यालेस र चेल्सीले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा युनाईटेडले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको मैदानमा ब्रुनो फर्नान्डेस नायक बनेपछि युनाईटेडले पुनरागमन जित निकालेको हो ।गुडिसन पार्कमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

युनाईटेडले ७ खेलमा १० अंक जोडेको छ । युनाईटेडसँगको हारसँगै एभर्टनले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एभर्टन ८ खेलमा १३ अंक जोडेको  छ ।

यता चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ । सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाईटेडलाई ४-१ ले पराजित गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु