Information is intelligence
HomeNewsप्रधानमन्त्री ओलीद्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई

- Advertisement -spot_img

प्रधानमन्त्री केपी ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ओलीले ट्वीटरमार्फत बधाई दिएका हुन् ।

ओलीले बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् । दुई देशको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग काम गर्ने उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचित बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई ट्वीटरमा ट्वीट गर्दै ओलीले यो विजय ऐतिहासिक र शानदार भएको बताएका छन् ।

डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका हुन्।

७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु