Information is intelligence
HomeSportsरियल मड्रिड र भ्यालेन्सिया प्रतिस्पर्धा गर्दै

रियल मड्रिड र भ्यालेन्सिया प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।

रियलले भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ । रियल र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

रियल ७ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । तर, भ्यालेन्सियाविरुद्ध रियलका दुई खेलाडी खेल्ने छैनन् । मिडफिल्डर इडेन हाजार्ड र कासिमिरोले भ्यालेन्सियासँगको खेल गुमाउने छन् । दुबै खेलाडी कोरोना देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन् ।

घरेलु टिम भ्यालेन्सिया भने ८ खेलमा ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ । भ्यालेन्सिया घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार्ने योजनामा रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले ग्रानडासँग खेल्नेछ । दोस्रो स्थानमा रहेको सोसिडाडको १७ अंक रहेको छ । पाँचौं स्थानको ग्रानडाको १४ अंक रहेको छ ।

त्यस्तै गेटाफेले भिल्ला रियलसँग खेल्दा लेभान्टेले डिपोर्टिभो अलाभेससँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु