Information is intelligence
HomeEntertainment & Artsआफ्नो मुर्ती देख्दा धुर्मुस आँफै चकित

आफ्नो मुर्ती देख्दा धुर्मुस आँफै चकित

- Advertisement -spot_img

चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा चकित परे ।

भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका हुन् । मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ । आफ्नो दुरुस्तै मुर्तीको तस्बिर आइतबार धुर्मुसले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

सिताराम कट्टेल (धुर्मुस)ले लेखेका छन् – ‘भरतपुर ४ निवासी ८१ वर्षिय खेमलाल तिवारी बुबाले रंगशालालाई सहयोग गर्छु भन्नू भएको छ । खुट्टा फ्याक्चर भएको छ घरमा आइदिए आभारी हुनेथिए भनेर समाचार पठाएपछि बुबाको घरमा पुग्दा उहाको छोराले यहाँ नजिकै एउटा भाइले हजुरको मुर्ती बनाउनु भएको छ ।

त्यो मुर्ती मैले घरमा किनेर ल्याउछु भनेको छु हेर्न जाउ भनेपछि उत्साह ले चित्रकार चित्र बहादुर श्रेष्ठको घरमा पुगेका थियौ । उहाले कुद्नु भएको धुर्मुस चरीत्रको प्रतिमा देख्दा म आफै पनि चकित परे उच्च सम्मान छ भरतपुर ४ (धारापानी) बसोबास गर्नुहुने चित्र कुमार श्रेष्ठ ज्यु को यो कलालाई  ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु