Information is intelligence
HomeEntertainment & Artsवासिङ्टन, राष्ट्रपति आवास, अमेरिका

वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका

- Advertisement -spot_img

आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका पाटीकाे आयाेजना गर्ने व्यवस्था मिलाउनु भनेर अह्राए । “As you wish Boss!” आज्ञा तुरुन्त पालना भयाे ।

शनिबार साँझ अमेरिकी राष्ट्रपति निवासमा “न भूताे न भविष्यति” खालकाे भव्य पाटी आयाेजना भयाे ।

पूर्वराष्ट्रपति जर्ज डब्लु बुस, बाराक ओबामा आफ्ना श्रीमतीका साथमा उपस्थित थिए । राष्ट्रपतिका प्रत्याशी जाेए बाइडन पनि डाकिएका थिए । उपराष्ट्रपति उम्मेदवार  कमला ह्यारिस पनि थिइन् । प्रहरी प्रमुख, सेना प्रमुख, अनुसन्धान विभाग प्रमुख आदि सबै उपस्थित थिए ।

ट्रम्प अघि सरे, नेपालबाट प्रधानमन्त्री ओलीबाले उपहार पठाएको झ्वाइँखट्टे खाेले । सबैका गिलाँसमा हाले । अरुले अलिअलि चाखे र राखे । ट्रम्पले सट्ट पारेर पिए, अनि हा……… गर्दै टाउको हल्लाए । नेपाली लाेकल रक्सीले उत्तिखेरै ट्रम्प फिनिनि भए ।

Can i get snacks please? – कमला ह्यारिसनले रक्सीसँग खाने सीतन मागिन् । ट्रम्प राेमान्टिक भएर जिस्काउन थाले । जमानामा सुनेको नेपाली गीत याद आयाे, चर्काे स्वरले गाए –

के खान्छेउ कमला ? सुन्तला कि अमला ??? टुङ् टुङ्…………… !!

कमलाले चिकन ससेज खान खाेजिन् । ट्रम्पले फेरी नेपाली दाेहाेरी गाए –

पाेहाेर भेट्दा कमला, दिन्छु भन्थेउ मटन
खान्न म त मटन, देउ न बरू चिकन ………… !!

कमलाकाे धैर्य टुट्याे । भन्न केही सकिनन्, सायद गानाकाे भाव अश्लील रहेछ क्यारे, Excuse me भनेर छुट्टी लिएर हिँडिन् ।

बाराक ओबामा अफ्रिकन मूलका भएकोले क्यारेबियन डान्स गर्न लागे । जर्ज बुसले थपडी बजाए । टेबुलमा अब ट्रम्प र उनैका प्रतिस्पर्धी जाेए बाइडेन रहे ।

ट्रम्पले प्रस्ताव राखे – हेर जाए दाजी ! तिम्रो नामै जाेए । याे बुढेसकालमा enjoy नगरेर के फाल्तुमा चुनाव उठेकाे यार । घरै बस, enjoy गर । चुनाव म लड्छु । मै जित्छु ।

जाेएले प्रतिवाद गरे – तिम्रो पनि त नाम डाेनाल्ड हाे नि, जाऊ न म्याक डाेनाल्डमा गएर पिज्जा लुँड्याएर बस, किन चुनाव लड्छाै त । एकपटक जितिहालेउ, अब म लड्छु । म जित्छु । Joy always enjoys bro!

ट्रम्पले भने, बाइडेन ! Bye then !! कुखुराकाे तिघ्राे खाऊ, रक्सी खाऊ जाऊ । चुनाव त मैले नै जित्ने हाे ।

माहाैल खराब हाेला जस्ताे लागेर बाइडेन पनि उठेर हिँडे । बढी झ्याप भएकाे देखेर सहयाेगीहरूले ट्रम्पलाई उनी सुत्ने काेठामा लगेर सुताइदिए । ट्रम्प घुरीघुरी सुते ।

राती ट्रम्पले बडा अनाैठाे सपना देखे – उनी र जाेए बाइडेन अचानक मरेछन् । मरेपछि दुवै जनाकाे नेपालमा पुनर्जन्म भएछ । बाइडेन कता गए थाहा भएन, ट्रम्प चाहिँ नेपालकाे सुदूर पश्चिमकाे कर्णाली प्रदेशमा शाही खानदानमा जन्मेछन् । नाम – महेन्द्र शाही राखिएछ । उनी चुनाव जितेर मुख्यमन्त्री भएछन् । एकदिन घाेडा चढेर कतै जाँदै थिए । घाेडालाई खाेइ केमा रीस उठेकाे थियाे, अफ्ट्यारो बाटाेमा घाेडा छटपटायाे र उचालेर फालिदियाे – ड्याम्म ! अनि घाेडाले भन्याे – ट्रम्प ब्राे ! मेराे नाम जाेए बाइडेन हाे । याे जन्ममा घाेडा भएर जन्मेँ । तिमी म माथि चढिरहेका थियाै । सरी ब्राे !  म आफूमाथि गधा चढेकाे हेर्न सक्दिनँ ।

ट्रम्प झसङ्ग भए । ब्युँझिएछन् । रक्सीले छाेडेछ । उठेर टिभी खाेले – कान्तिपुर टेलिभिजन खुलेछ । प्रस्ताेता समा थापाले अङ्ग्रेजी समाचार भनिरहेकी थिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही घाेडाबाट लडेर घाइते भएकाे खबर आइरहेकाे थियाे ।

हैट, सपना त नेपालमा पाे साकार भएछ त । मेराे चुनावकाे नतिजा के भयाे हाेला ?

चुनाव आयाेगका प्रमुखलाई फाेन गरेर सपना सुनाए । आयुक्तले भने – ब्राे ! यता पनि सपना सकार भयाे । बाइडेनले लडाइदिए त तिमीलाई । अब घर जाऊ र १ क्वाटर पिऊ, आराम गर !

ट्रम्पकाे ओठमुख सुक्याे ।
अमिलाे मन पार्दै ट्विटरमा स्टाटस पाेस्टिएर रक्सी खान थाले ………… ।

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु