Information is intelligence
HomeSportsयुभेन्ट्सले लाजियोको सामना गर्दै

युभेन्ट्सले लाजियोको सामना गर्दै

- Advertisement -spot_img

इटालियन सिरी ए फुटबलमा आइतबार युभेन्ट्सले लाजियोको सामना गर्दैछ । लाजियोको घरेलु मैदानमा हुने खेल नेपाली समय अुनसार साँझ ५:१५ बजे सुरु हुनेछ ।

लिगमा बलियो मानिइएको टोली लाजियोविरुद्ध युभेन्ट्स उसैको घरेलु मैदान स्टाडिओ ओलम्पिकमा खेल्नेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्ट्स लाजियोलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिन चाहन्छ । लिगका सुरुवती छ खेलमा अपराजित रहेको युभेन्ट्स यस खेलमा स्पस्ट जित निकाल्न चाहन्छ । युभेन्टसले ६ खेल मध्य तीन खेलमा जित र तीन खेल बराबरी खेल्दै १२ अंक जोडेको छ ।

लाजियो भने नवौं स्थानमा रहेको छ । लाजियो घरेलु मैदानमा युभेन्टसलाई पराजित गर्दै लिगमा चौथो जित निकाल्न चाहन्छ । ६ खेल खेलेको लाजियोले तीन खेलमा जित, एक बराबरी र दुई खेलमा हारसहित १० अंक जोडेको छ ।

त्यस्तै अन्य खेलमा शीर्ष स्थानको एसी मिलानले हेलास भेरोनाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति १:३० बजे हुने छ । ६ खेलबाट १६ अंक जोडेको मिलान घरेलु मैदानमा भेरोनालाई पराजित गर्दै जित शीर्ष स्थानमा फराकिलो अन्तर बनाउन चाहन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु