Information is intelligence
HomeEntertainment & Artsगजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना...

गजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना रणावत

- Advertisement -spot_img

भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन् । उनले सामाजिक सन्जालमर्फत टिप्पणी गरेकी हुन् ।

कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन् । उनले बाइडेनको हरेक पाँच मिनेटमा दिमाग खुस्किने र सबै औषधिहरू लगाइएकाले बाइडेन एक वर्ष टिक्न नसक्ने बताइन् ।

कंगनाले ट्वीटमा भनेकी छिन्,‘हरेक पाँच मिनेटमा डेटा क्र्यास हुने गजनी बाइडेनको त भरछैन। उनको शरीरमा लगाइएका औषधिका कारण उनी एक वर्षपनि टिक्न सक्दैनन्। स्पष्ट रुपमा कमला ह्यारिसले सत्ता सम्हाल्नेछिन्। जब एक महिला उठ्छिन् उनले सबै महिलाको लागि बाटो बनाउँछिन्।’

बाइडेनबारे विवादस्पद अभिव्यक्ति दिएपछि उनको तिव्र आलोचना भइरहेको छ। राजनीतिको विषयमा ज्ञान नभएकी महिला भनेर हाल उनी आलोचित बनिरहेकी छिन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु