Information is intelligence
HomeEconomyनेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार कति ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार कति ?

- Advertisement -spot_img

धितोपत्र बजारमा साताको पहिलो दिन (आज) आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भएर एक हजार ६४८.५८ मा पुगेको छ । नेप्से ०.७६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५७ अंकले बढेर ३२५.९४ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ।

यस्तै आज कारोबार भएका कुल कम्पनीहरुमध्ये नेपाल पुनः बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २५ करोड ९२ लाख २ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार गरेको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु