Information is intelligence
HomeEconomyएनएलजीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

एनएलजी इन्स्योरेन्स कम्पनीको आ २०७५/७६ को नाफाबाट दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आसन्न साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि बुक क्लोज गर्दैछ, त्यो अनुसार आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीको  आगामी मंसिर ५ गते १४ औं बार्षिक साधारण सभा हुदैंछ । कम्पनीको पानीपोखरी, काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि भर्चुअल रुपमा उक्त सभा हुने छ ।
कम्पनीले आव २०७५ र ७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले त्यो प्रस्ताव पारित गरेपछि शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु