Information is intelligence
HomeSportsप्रिमियर लिगमा टोटेनहम र लेष्टरको जित, लिभरपुल र सिटीले अंक बाडेँ

प्रिमियर लिगमा टोटेनहम र लेष्टरको जित, लिभरपुल र सिटीले अंक बाडेँ

- Advertisement -spot_img

प्रिमियर लिगमा टोटेनहम र लेष्टर जित, लिभरपुल र सिटीले अंक बाडेका छन भने आर्सनलले  हार बेहोरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ ।

आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ब्रुमको मैदानमा खेलको अन्त्यतिर ह्यारी केनले गोल गरेपछि टोटेनहमले जित निकालेको हो ।

टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ । वेस्ट ब्रुम ८ खेलमा ३ अंक जोडेर रहेको छ ।

यता आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे ।

लेष्टरले ८ खेलमा १८ अंक जोडेको छ । उल्भ्स १३ अंक जोडेको छ ।

साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो ।सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।

खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो । तर, सिटीका ब्रुएनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

लिभरपुलका जोसेप गोमेजले पेनाल्टी बक्सभित्र हातले बल रोकेपछि सिटीले पेनाल्टी पाएको थियो । जसमा ब्रुएन असफल भए । उनको प्रहारले पोस्टको दिशा लिन नसक्दा सिटी अग्रता बनाउन बन्चित बनेको थियो ।

घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

अर्को खेलमा आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३-० गोल अन्तरले पराजित भएको हो । ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो ।

एस्टनले ७ खेलमा १५ अंक जोडेको छ । आर्सनलले ८ खेलमा १२ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु