Information is intelligence
HomeInternationalसिंगापुरमा महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार

सिंगापुरमा महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार

- Advertisement -spot_img

एजेन्सी | कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । धेरै मानिसका पारिवारिक योजनाहरु समेत लथालिङ्ग बनिरहेका छन् । कतिपयले बिहे गर्ने तथा बच्चा जन्माउने योजनासमेत पर सारेका होलान् यतिबेला ।

जनताको यस्तै समस्यालाई मध्यनजर गर्दै सिंगापुरले गज्जबको योजना अघि सारेको छ ।

सिंगापुरले कोरोना महामारीको यस समयमा बच्चा जन्माउन चाहने अभिभावकहरुलाई प्रोत्साहन पुरस्कार दिने भएको छ ।

देशका नागरिकहरुलाई बच्चा जन्माउन प्रोत्साहित गर्दै सिंगापुरले बच्चा जन्माउने अभिभावकहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । सरकारी नगद सहयोगले दम्पतीहरुलाई कोरोना कालको फुर्सदमा बच्चा जन्माउने योजना बनाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले दम्पत्तिहरुले बच्चा जन्माउने योजनामा समस्याकेा सामाना गरिरहनु परेको छ । त्यसैले सरकारले मानिसहरुलाई गर्भाधानका लागि प्रोत्साहन गरिरहेको छ ।

“हामीलाई सूचना प्राप्त भएको छ की कोरोनाका कारण केही अभिभावकहरू आफ्नो योजना स्थगित गर्न बाध्य भएका छन्,” आर्थिक सहायता कार्यक्रम घोषणा गर्नुको कारण सिंगापुरका उपप्रधानमन्त्रीले बताए।

सरकारले बच्चा जन्माउने अभिभावकलाई नगद पुरस्कार दिने घोषणा गरेको भए पनि पुरस्कार राशीचाहिँ घोषणा गरिसकेको छैन ।

सिंगापुर विश्वमा सबैभन्दा कम जन्मदर भएको मुलुक हो । जहाँ जन्मदर बढाउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर निरन्तर कोसिस गर्दै आएको छ ।

कोरोना भाइरस महाकारीका कारण सिंगापुरको अर्थतन्त्र गहिरो मन्दीमा फसेको छ। आर्थिक वर्षको दोस्रो क्वाटरम सिंगापुरको जीडीपी १२।६ प्रतिशतले खुम्चिन पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु