Information is intelligence
HomeTourismपरेवाडाँडाको भीरमा साहसिक खेल लठ्ठे पिङ निर्माण

परेवाडाँडाको भीरमा साहसिक खेल लठ्ठे पिङ निर्माण

- Advertisement -spot_img

तनहुँको ब्यास नगरपालिका–१० मादी नदीस्थित परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ निर्माण कार्य थालिएको छ ।

आन्तरिक एवं वाह्य पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले परेवाडाँडाको भीरमा लठ्ठे पिङ निर्माण कार्य थालेको हो । परेवाडाँडाको नाउँलाई जीवन्तता राख्न नगरपालिकाले परेवा जोडी निर्माण गरेर संरक्षण कार्य थालिसकेको छ । परेवा मूर्ति निर्माण पश्चात उक्त स्थानमा पर्यटकको चहलपहलमा वृद्धि हँुदै गएपछि यसक्षेत्रको विकासको लागि व्यक्तिको लगानीमा लठ्ठे पिङ र भ्यू प्वाइन्टलगायत संरचना निर्माण गर्न लागिएको हो ।

समुद्री सतहदेखि करिब ९० मिटर उचाइबाट लठ्ठे पीङ खेल्दा मादी नदीको करिब आधा भागसम्म पुग्न सकिने पिजनहिल होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले बताए । यसरी पीङ खेल्दा पुगिने पारिपट्टिको भाग ब्यास नगरपालिका–५ चिन्तुटारमा पर्दछ । उनले भने “जिआइ पाइपको पिल्लर गाडेर कटनको लठ्ठ प्रयोग गरी सेफ्टी बेल्टसहित मादी नदीमा छायाँ देखिने गरी पिङ खेल्न सकिनेछ ।”

उक्त स्थानमा पिङ, भ्यूप्वाइन्ट, बाल उद्यान र पार्कलगायत संरचना निर्माण गर्दा झण्डै रु एक करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । पार्कभित्र साढे सात फिटको आर्कर्षित शिवजीको मूर्तिसमेत निर्माण गरिने छ । दमौलीस्थित नर्सिङ इञ्जिनीयरिङ कन्सल्टटेन्सीले उक्त पीङको नक्साङ्कन गरिरहेकाले अहिले अन्य संरचनाको कार्य भइरहेको छ । उनले भने, “अबको एक महिनाभित्रमा पिङ र भ्यूप्वाइन्ट सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।”

यसरी प्रयोग गरिने सेफ्टी बेल्ट एक हजार ८०० केजीसम्मको तौल धान्ने, अकस्मात हात फुत्कियो भने पनि सेफ्टी बेल्टले बचाउन सक्ने गरी व्यवस्था गरिएको छ । बञ्जीजम्प र प्याराग्लाडिङमा प्रयोग गरिने किसिमको बेल्ट राखिएको बताइएको छ । दह्रो मुटु हुनेले मात्रै यो खेल्न सक्नेछन् । उनले भने, “साहसिक खेल भएकाले स्वास्थ्यकर्मी राखेर पिङ खेल्न चाहने व्यक्तिको ब्लडप्रेसर जाँच र मापसे सेवन गरेको नगरेको परीक्षण गराएर मात्रै सहभागी गराइनेछ ।” लठ्ठे पिङ, भ्यूप्वाइन्ट, बाल उद्यान र पार्कमा प्रवेशका लागि शुल्क पछि नै तय गर्ने योजना रहेको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु