Information is intelligence
HomeSportsबार्सिलोनाका पूर्व स्टार स्यामुएल इटोको कार दुर्घटना

बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटोको कार दुर्घटना

- Advertisement -spot_img

बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटो कार दुर्घटनामा परेका छन् । क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार दुर्घटनामा परेको हो ।

इटो चढेको कार विपरित दिशाबाट आईरहेको बससँग ठोक्किएर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परेपनि कारमा सवार सबैजना सकुशल रहेको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि अस्पताल पुगेका इटोलाई सामान्य चोट लागेको जनाईएको छ । ३९ वर्षीय इटोले गत वर्ष २२ वर्षे खेल जीवनबाट सन्यास लिएका थिए ।

पछिल्लो वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल गरेका छन् । इटोले सन् २०१४ पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु