Information is intelligence
HomeEconomyमाउन्टेन इनर्जी नेपालको आइपीओ बुधवारदेखि बजारमा आउँदै

माउन्टेन इनर्जी नेपालको आइपीओ बुधवारदेखि बजारमा आउँदै

- Advertisement -spot_img

माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) बुधबार(भोली)देखि बजारमा निश्कासन हुँदैछ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने कम्पनीको योजना रहेको छ ।

उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु