Information is intelligence
HomePoliticsसचिवालय बैठक बोलाएर प्रचण्ड बालुवाटारमा

सचिवालय बैठक बोलाएर प्रचण्ड बालुवाटारमा

- Advertisement -spot_img

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् तर उनी अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

उनले आज (मंगलबार) दिउँसो ४ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् । अध्यक्ष ओलीले बैठकबारे ठोस सहमति नदिएपछि प्रचण्डले बैठक बोलाएका हुन् । बैठक बोलाउन ५ जनाले गरेको आग्रहलाई ओलीले वेवास्ता गरेपछि मंगलबार पुन प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गर्न लागेका हुन् ।

ओलीसँगको भेटवार्ता सकेर धुम्वाराही पुग्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु