Information is intelligence
HomeEconomy२० प्रतिशतले घट्यो भाइमसलाको व्यापार

२० प्रतिशतले घट्यो भाइमसलाको व्यापार

- Advertisement -spot_img

काठमाडाैं, २५ कात्तिक । यस पटकको तिहारमा भाइमसलाको व्यापार घटेको व्यपारीहरुले गुनासो गरेका छन् ।

कोरोना संक्रमणका कारण यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य २० प्रतिशतले कम हुनुका साथै व्यापार व्यवसायमा पनि कमी आएको उनीहरुले गुनासो गरेका हुन् ।

विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको व्यवापारीहरु बताउँछन् । धेरै समयसम्म गोदममै सामान राख्दा पनि बिग्रिने भएकाले यो वर्ष भाइमसला सस्तोमा बिक्रि भइरहेको उनीहरुले बताएका छन् ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला बिक्रि हुने गरेको भए पनि कोरोनाका कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको व्यवसायीहरु बताउँछन् ।

हिन्दु परम्पराअनुसार तिहारको पाँचौं दिनमा पर्ने भाइटीकामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायतका भाइमसला अनिवार्य हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु