Information is intelligence
HomeSportsलेवान्डोस्कीले 'गोल-५० बेस्ट प्लेयर अवार्ड' जिते

लेवान्डोस्कीले ‘गोल-५० बेस्ट प्लेयर अवार्ड’ जिते

- Advertisement -spot_img

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘गोल-५० बेस्ट प्लेयर अवार्ड’ जितेका छन् ।

सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् । लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।

गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए । उनले कुल ४७ खेलमा ५५ गोल गरेका थिए ।

‘फुटबल टिम खेल हो तर यी अतिरिक्त पुरस्कारहरू मेरो लागि पनि धेरै अर्थपूर्ण छन् । यसले देखाउँदछ कि तपाईले दैनिक गर्नु भएको परिश्रमले एक दिन दिनेछ,’ अवार्डपछि लेवान्डोस्कीले भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु